साप्ताहिक संवाददाता
गएको साता मिस ईकलेज नामक प्रतियोगिताको आठौं संस्करणको पहिलो चरणको अडिसन राउन्ड सम्पन्न भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर शहरका विभिन्न कलेजमा अध्ययनरत छात्राहरुमा लक्षित यो प्रतियोगिताका लागि आवेदन दिएका युवतीहरुको गएको साता अडिसन भएको थियो ।
अडिसन राउन्डमा सहभागिहरुको व्यक्तित्व, आत्मविश्वास र कम्युनिकेसन कलालाई कोरियोग्राफर रोजिन शाक्य र पूर्व मिस ईकलेज विजेता नितिका कर्माचार्यले मुल्यांकन गरेका थिए । अडिसन राउन्डमा चयन भएकाहरुको विभिन्न विषयमा करिब एक महिनाको प्रशिक्षण पश्चात फाइनल प्रतिस्पर्धा संचालन हुने बताइएको छ ।
कलेजमा अध्ययनरत युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पुर्याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले मिस ईकलेज कार्यक्रमलाई निरन्तरता दिंदै आएको कुरा कार्यक्रमका आयोजक संस्था सिजन मिडियाले जनाएको छ ।