साप्ताहिक संवाददाता
माघ ३, २०७४
गायक राज खम्बुको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक राजले गायिका साधना सरगमसँग गाएको उक्त गीतको म्यूजिक भिडियो शान थापाले निर्देशन गरेका छन् ।
‘चारै दिशा मोडिने अन्तिम मोडमा’ बोलको सार्वजनिक गीतमा दीप गिरीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ ।
सौराप लामा छायांकन गरेको म्यूजिक भिडियोलाई सपिम पराजुलीले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा निराजन प्रधान र संगीता नापितले अभिनय गरेका छन् ।