साप्ताहिक संवाददाता
माघ ७, २०७४
विभिन्न उमेर समूह अन्तर्गत आयोजना हुँदै आइरहेका सौन्दर्य प्रतियोगिताहरुको माझ किन्डर गार्डेन अध्ययनरत नानीहरुमा केन्द्रित प्रतिस्पर्धा मध्ये हालै राजधानीमा ‘किन्डरगार्डेन प्रिन्स एण्ड प्रिन्सेस् २०१८’ नामक प्रतियोगिता सम्पन्न भएको छ । साना नानीहरुको यो प्रतिस्पर्धामा केटाकेटी पाठशाला स्कुलमा अध्ययनरत आरुज कार्की र प्रोमिनेन्ट किड्सकी आधिरा जस्सु पाण्डे र शीर्ष उपाधि विजेता चयन भएका छन् ।
२५ जना प्रतिस्पर्धीको सहभागिता रहेको सो प्रतियोगितामा फस्ट रनर अप प्रिन्स अभय शाही र प्रिन्सेस आशिया थापा तथा सेकेन्ड रनर अप प्रिन्स श्रीयंक घिमिरे र प्रिन्सेस सजना श्रेष्ठ भए । यसैगरी पब्लिक च्वाइस तर्फ युनिक महर्जन गुरुङ विजेता बने । आरके इन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी निशा आचार्यले गरेकी थिइन् ।