साप्ताहिक संवाददाता
नयाँ बजारको ड्रागन ब्याङ्क्वेटमा ‘मिष्टर एण्ड मिस कलिउड’ सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा विभश सुवेदी र कृति कार्की शिर्ष उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा रोनित सुवेदी र अस्मिता तामाङ फस्ट रनर अप तथा सनम महर्जन र श्वेता पौडेल सेकेन्ड रनर अप चयन भएका छन् । मोडलिङ स्कूल नेपालको आयोजना र प्रवेश गिरीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा ह्यान्डसम र ब्युटिफुलमा क्रमश: रोनित सुवेदी र माधुरी गुरुङ, वेष्ट ड्रेसमा सिमान्त सुवेदी र श्वेता पौडेल, वेष्ट वाकमा सुशान्त घिमिरे र अस्मिता तामाङ विजेता चयन भएका थिए ।
प्रतियोगिताको अन्य उपाधितर्फ वेष्ट फिजिकमा विभश सुवेदी, फिगरमा प्रिसिला थापा, मल्टिमिडियामा कृति कार्की र रोहित शाह, फोटोजेनिकमा सनम महर्जन र श्वेता पौडल, डिसिप्लीनमा सुष्मा र तेन्जिन तथा ट्यालेन्टमा गोकुल पोखरेल र नमिता विजेता निक्र्यौल गरिएका थिए ।