माघ २१, २०७४
राजकुमारी डायना तथा ग्रेस केलीले लगाउने जुत्ताको मोडलबाट प्रभावित भएर निर्माण गरिएको एउटा जुत्ताको मूल्य ३ करोड १० लाख रुपैयाँ तोकिएको छ । हातले निर्माण गरिएको यो हाई हिलको मुख्य विशेषता भनेको यो जुत्ताको नमुना यही मात्र हुनु हो । यसमा ५४ क्यारेटको सेतो हिरा, ४ सय १६ क्यारेटको निलमका साथै सुन तथा सेतो सुन जडान गरिएको छ ।
यो जुत्ताको निर्माण आफैंमा कठिन थियो । एक वर्षभन्दा बढी समय लगाएर तीन देशका सुन विशेषज्ञहरूको रेखदेखमा यो जुत्ता तयार गरिएको हो । यो जुत्ताको डिजाइन संयुक्त अरब इमिरेट्सस्थित जारा दुबईले गरेको हो । उक्त डिजाइनलाई भेनिसका कालिगडहरूले अन्तिम रूप दिएका थिए ।