साप्ताहिक संवाददाता
पार्टी प्रवेश गर्दाचाहिँ ‘दीपावली’ ? टिकट पाउँदाचाहिं ‘कोमल वली’ ? मैले २०४४ मा राजाको पूर्वाञ्चल भ्रमणदेखि देखेको कोमल वली यत्तिकै चर्चित छिन् । राजनीतिमा उनलाई ल्याउँदा फाइदा देख्नेले राजनीतिमा ल्याए, उम्मेदवार बनाउँदा इज्जत देख्नेले उम्मेदवार बनाए । राजनीतिमा कोही जोगी हुन लाग्ने होइनन् हाम्रो जस्तो देशमा ।
युवराज आचार्य
अब यसरी बोल्नेछिन् कोमल वली, अहिले बेलुकाको नौ बजेको छ । म कोमल वली । अब राष्ट्रिय सभाबाट समाचार सुन्नुहोस्......
गणेश चितौरे
कहिले चरी डन, चमेरो डन, मनाङ्गे डन त, कहिले खुस्बु वली, कोमल वली । केपीको यो ‘डन’ तथा ‘वली’ हरूप्रतिको प्रेम अझ झांगिँदै जाओस् । कोमल वली फेरि अन्यत्र ‘पोइला’ हिंडेको सुन्नु नपरोस् ।
उत्तम बजगाईं
कोमल वली दिदीमा सांगीतिक कुशलता छ, राजनीतिक नेतृत्वको होइन । कुशल राजनीतिज्ञमा संगठनात्मक एवं वैचारिक क्षमता हुन्छ । पद प्राप्त गर्न मौसम फेरिएझैं वर्षमा तीन–चारवटा पार्टी परिवर्तन गर्नेहरू अवसरवादी हुन्छन् । आफू बन्नका लागि राजनीतिमा आउने र देश र पार्टी बनाउन जीवनभर बलिदान दिने मानिसहरूबीचको फरक छुट्टयाउन नसक्दा ठाकुर गैरेजस्ता मैनबत्तीहरू सधैँ अरूलाई उज्यालो दिँदादिँदै बलेर सकिन्छन् । पार्टीका लागि यो ठूलो दुर्भाग्य हो— चेतना होस् ।
विकास रेग्मी
वर्षौं झोला र झन्डा बोक्ने पार्टीको कार्यकर्ताभन्दा कोमल वली कैयौं गुणा सक्षम नारी हुन् । कोमल पार्टीको बफादार कार्यकर्ताभन्दा पनि समग्र राजनीतिक प्रक्रिया र राज्यको नीति बुझ्न सक्ने क्षमता भएकी महिला हुन् । उनको मनोनयनलाई सार्वजनिक बहसको विषय नबनाउनु नै उपयुक्त होला ।
विष्णु सागर पुरी
यहाँ कोमल वलीको मात्र विरोध किन ? को गाईको दूधले नुहाएको छ र ? सबै उही बारीका मुला हुन् । पात्रको विरोध गर्न छोडांै, बरु प्रवृत्तिको विरोध गरौं । सक्षम, इमान्दार, लगनशील र बौद्धिकहरूको राष्ट्रिय सभा भए पो ? राजनीतिक प्रवृत्ति बदल्ने कुरा छैन । संस्कार स्थापनाको कुरा छैन । त्यसैले अब विवेकको प्रयोगमा जनता लाग्ने कि ?
रोहित अर्याल
व्यक्तिगत रूपमा त कोमल वली राष्ट्रिय सभामा सिफारिस भएकोमा खुसी नै छु । नवराज सिलवालले टिकट पाउँदा उनलाई अस्वभाविक मान्नु किन ? तर हाम्रा नेताहरू के कुराबाट प्रभावित हुँदा रहेछन् ? यसमा थप के चर्चा गरिरहनुपर्यो र ? पार्टीको काममा वर्षौंदेखि सक्रिय, क्षमतावान्, पार्टी भक्त, ऊर्जाशील अरू महिला–पुरुष थिएनन् र ? यो राष्ट्र, पार्टी र परिवर्तनको अभियान र आन्दोलनको अग्र मोर्चामा रहेर जीवन समर्पित गरेका व्यक्तिहरूको उपहास हो । पार्टीमा आबद्ध भएदेखि नै सांसद पद चाहिने ? अवसर नदिने भन्ने होइन, पार्टीका कमिटीमा राखेर काम गराउनु पर्दैन ? यो प्रवृत्तिको जालोमा आफू लपेटिने कि सच्चिने र सच्याउने कार्यमा लाग्ने ?
टीका विष्ट
वर्षांैदेखि जीवनदान गर्दै आएकाहरूको मनोभावना लत्याएर नवप्रवेशीलाई रानी बनाउने ? एमालेले जानेकै र गर्ने नै यही हो, यसमा अचम्म मान्नु पर्दैन । स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा यस्ता उदाहरण धेरै देखिए । भाग्यमानी, कोमल वली ।
गोमा केसी