साप्ताहिक संवाददाता
पर्दामा देखिने सुन्दर अनुहारप्रति हरकोहि आकर्षित हुन सक्छ । तर, गायक पर्शुराम रिजाल भने अभिनेत्री रेखा थापाप्रति पूर्णरुपमा समर्पित भएका छन् । रेखाप्रतिको उनको समर्पणको भाव म्यूजिक भिडियोमा कैद भएर सार्वजनिक भएको छ । गायक रिजालले ‘रेखा थापाले...’ बोलको गीत गाएर रेखाप्रतिको समर्पण देखाएका हुन् । कृष्णराज भण्डारीको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
अर्जुन तिवारीले छायांकन गरेको गीतको म्यूजिक भिडियो सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेका हुन् । भरत रेग्मीले उक्त म्यूजिक भिडियो सम्पादन गरेका छन् । म्युजिक भिडियोमा अभिनेता बिनोद न्यौपानेको समुहले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा कु्रज ब्वाइजे आकर्षक नृत्य प्रस्तुत गरेको छ ।
रेखा थापाले गीतको म्युजिक भिडियो :