साप्ताहिक संवाददाता
प्रणय दिवस मितिले सकिएपनि प्रणय दिवसको रौनक भने सकिएको छैन् । विभिन्न कलाकारले प्रणय भाव अझैं व्यक्त गरिरहेका छन् । गायिका मिना निरौलाले पनि प्रणय दिवस सकिएपछि प्रेमाभाव व्यक्त गरेकी छिन् । उनले गीत मार्फत उनका स्रोता दर्शक माझ प्रेम पस्किएकी हुन् । मिनासँगै गायक डिबि खड्का पनि देखिएका छन् । उनीहरुको युगल गायन रहेको गीत ‘यो हाम्रो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पाश्र्व गायनमा अहिलेकी हटकेक मानिएकी मिनाले यो गीतमा आफ्नो स्वरलाई निकै उत्कृष्ट किसिमले प्रस्तुत गरेकी छन् । पछिल्लो समयमा आइटम गीतमा ब्राण्डेड बनिसकेकी मिनाले यो गीतको टेण्डलाई यो भिडियोले केही परिवर्तन गर्ने आशा व्यक्त गरेकी छन् ।
गीतमा होम न्यौपानेको शब्द र डिवीकै संगीत रहेको छ । गीतकार होमले गीतमा मायाको भावको भरपुर प्रयोग गरिएकोले अहिलेको प्रेमिल पुस्ताका लागि गीत महत्वपूर्ण रहेको दाबी गरे ।
गीतमा रोहित लामा, सुबोल थापा ,अनिश अधिकारी र स्वयम् गायक खड्काकै अभिनय रहेको छ । बसन्त महर्जनको छायांकन र मिलन थापाको सम्पादन रहेको गीतमा सुबोलकै निर्देशन छ ।
‘यो हाम्रो माया’ को म्यूजिक भिडियो :