साप्ताहिक संवाददाता
सांगीतिक समुह कन्दरा लामो समयपछि दर्शक तथा स्रोतामाझ आएको छ । कन्दराका गायक बिवेक श्रेष्ठको स्वरमा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि संगीत सिर्जनामा सक्रिय कन्दरा ब्याण्डले आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ‘हिमाल मुनी...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको उक्त भिडियो माया गर्ने जोडीहरुलाई समर्पित गरिएको गायक बिवेक श्रेष्ठले बताएका छन् । कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा संगीत दिएका छन् । संगीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका संगीत संयोजक हुन् ।
हिमाली क्षेत्रका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् । छायांकनमा उनलाई पुस्कर थापा तथा सूरज श्रेष्ठले सहयोग गरेका छन् । भिडियोले कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
हिमाल मुनीको म्युजिक भिडियो :