साप्ताहिक संवाददाता
चलचित्र ‘लम्फू’ गीत सार्वजनिक भएको छ । चलचित्रको सँगै ज्यूने सँगै मर्ने बोलको गीतको भिडियो सार्वजनिक भएको हो । केहि समय अघि गीतको अडियो रिलिज गरिएको थियो । चलचित्र ‘लम्फू’मा कबिर खड्का र मरिश्का पोख्रेल शिर्ष भूमिकामा छन् ।
यहि चलचित्र मार्फत तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठ रजतपटमा डेब्यु गर्दै छिन् । यि ३ कलाकारका साथमा चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा देखिएका छन् ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेत पनि प्रमूख भुमिकामाख देखिने छन् । चलचित्रमा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, रश्मी भट्ट लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
सँगै ज्यूने सँगै मर्नेको भिडियो :