पछिल्लो समय देश तथा विदेशका स्टेज कार्यक्रमहरुमा असाध्यै रुचाईएका कलाकार मध्ये पर्छन गायक प्रमोद खरेल । उनी देश विदेशका विभिन्न स्टेज कार्यक्रमहरुमा बाक्लै उपस्थिती जनाउँछन् । उनले हङ्कङमा पुगेर हंगामा मच्चाएका छन् ।
गीतबाटै हंगामा मच्चाउने प्रमोद पछिल्लो समय सामाजिक काममा पनि सक्रियताका साथ देखा परेका कलाकार हुन् । उक्त कार्यक्रमबाट पनि उनले शौचालय निर्माणका लागि ७५ हजार सहयोग गरेका छन् ।
ताप्लेजुङ् समाजको आयोजनामा कञ्जनजंगा सांस्कृतिक साँझ २०१८ मा सहभागी भएका प्रमोदले ताप्लेजुङ बजारमा निर्माण हुन लागेको सार्वजनिक सौचालय निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् ।
‘मेरो पुर्खेली थलो ताप्लेजुङ नै हो हामी पछि झापा सरेका हौ, हिमाली काँखमा रहेको सुन्दर ताप्लेजुङको शौन्दर्यतामा अझ राग थप्नका लागि शौचालय निर्माण अभियानमा सहयोग गर्न पाए, आत्मसन्तुष्टि मिलेको छ’ रकम हस्तान्तरण गर्दै खरेलले भने ।
कार्यक्रममा गायक रुकमान लिम्बु, एकदेव लिम्बु, ईन्द्र लिम्बु, गायिका पूर्णिमा लामा, डान्सर रञ्जिता लिम्बु, रुपा आङ्बुहाङ, कमेडियन भरतमणी पौडेल लगायतका कलाकारले प्रस्तुती दिएका थिए । सम्पन्न कार्यक्रमबाट संकलित रकम ताप्लेजङ बजारमा सार्वजनिक शौचालय निर्माणमा खर्च गर्ने आयोजकले जनाएको छ ।