साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७४
वसन्त ऋतुसँगै आउने होली अर्थात् फागु खेल्दा गुणस्तरीय तथा पानीमा घुल्ने रंग छनौट गर्नुपर्छ ।
खुला रंगको तुलनामा सिलबन्द प्याकेटको रंग राम्रो मानिन्छ ।
गोल्डेन, सिलिका तथा सिल्भर मिसाइएको रंग किन्नु हुँदैन ।
धुँदा नजाने तथा सुख्खा रंग छनौट गर्नु हुँदैन ।
कुनै–कुनै रंगले एलर्जी हुने भएकाले आफ्नो छालासँग सुहाउने रंग छनौट गर्नुपर्छ ।
रंगले व्यक्तिको पहिचान झल्काउने भएकाले सोहीअनुरूप रंग छनौट गर्नुपर्छ ।
सम्भव भएसम्म प्राकृतिक रंग छनौट गर्नु उपयुक्त हुन्छ ।