साप्ताहिक संवाददाता
चिकित्सा पेशामा रहेर पनि सांगीतिक क्षेत्रसंग सक्रिय गायक हुन् विक्रान्त मेहता । पेशाले अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता फुसर्दको समयमा सांगीतिक माहौलमा निकै रमाउँछन् । डाक्टरी पेशासँगै गायनमा पनि रुची राख्ने उनी बेला–बेलामा गीतहरु रेकर्डिङ गराइ रहन्छन् ।
यसैबीच यो साता उनी आफ्नो नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । ‘तिम्रो आँखा मेरो आँखा‘’ शीर्षकको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा गायक मेहताले नायिका प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गरेका छन् । संगीतकार वसन्त सापकोटाद्वारा संगीतबद्ध यो कर्णप्रिय गीतका शब्दहरु गायक विक्रान्त तथा नारायण खनालले संयुक्त रुपमा रचना गरेका हुन् ।
अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन ले छायांकन गरेका हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन छ ।
तिम्रो आँखा मेरो आँखाको म्युजिक भिडियो :