एक जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा नै दिदीबहिनीसँग विवाह गरेका छन् । गत वर्ष अमेरिकाको ओहायोमा सम्पन्न जुम्ल्याहा सम्मेलनमा ३४ वर्षीय जोस तथा जेरिमी साल्यरको भेट ३१ वर्षीया ब्रिटानी र ब्रियनासँग भएको थियो । उक्त भेट नै उनीहरूको जीवनको नयाँ अध्याय भएको ब्रिटानी बताउँछिन् । जोस र जेरिमीलाई भेट्दा नै हामी पूर्वजन्मदेखिको घनिष्ठ भएको आभाष भएको थियो ।
अहिले ब्रिटानीको विवाह जेरिमीसँग तथा ब्रियनाको विवाह जोससँग भएको छ । हाल भ्यानकुभरमा बस्दै आएका जोस र जेरिमी उत्पादन कम्पनीमा काम गर्छन् । ब्रिटानी र ब्रियनासँग विवाह हुनुअघि अर्कै युवतीसँग प्रेम हुँदा उनले आफूलाई बुझ्न नसकेको जोस बताउँछन् । उता ब्रिटानी र ब्रियनाले सानैदेखि आफूजस्तै जुम्ल्याहाका साथ विवाह गर्न पाए जीवन राम्रो हुन्थ्यो भनेर सल्लाह गर्ने गरेको कुरा बताएका छन् । हाल एक कानुन कम्पनीमा कार्यरत ब्रिटानी र ब्रियना आफ्नो बाल्यकालको सपना पूरा भएकोमा खुसी छन् ।