फाल्गुन २९, २०७४
दिनभर ग्रिज, मोबिल, पेन्चिस, मार्तोल आदि चलाउँदै सवारी साधन मर्मतमा व्यस्त रहने एक युवती मिस वेल्स–२०१८ को फाइनलका लागि छनोट भएकी छिन् ।
इन्जिनियरिङकी १९ वर्षीया छात्रा लिज जेनकिङ आफ्नो ब्याचबाट सवारी साधन मर्मतसम्भार गर्न निस्कने थोरै छात्रामध्ये एक हुन् । अटोमोटिभ इन्जिनियरिङ पढेका ३ सय छात्रामध्ये मुस्किलले १ वा २ जना मात्र आफूले पढेको विषयमा काम गर्छन् जसमा लिज पनि एक हुन् । उनी कारको मात्र नभएर ग्यारेजमा आउने लरी तथा ट्रकको समेत मर्मत गर्छिन् ।
लिज महिलाहरू पनि अटोमोटिभ इन्जिनियरिङ पढेर आफूले गरे जस्तो काममा आउन भनेर पनि यसमा सक्रिय भएको बताउँछिन् । मिस वेल्सका लागि आयोजकहरूले ३२ जना युवती छनोट गरेका छन् । उनीहरूलाई विशेष प्रशिक्षण प्रदान गरेपछि अप्रिलमा हुने फिनालेमा सहभागी गराइनेछ ।