फाल्गुन ३०, २०७४
हामीले ग्याँस, पेट्रोलियम पदार्थ, पानी आदिको संकटको सामना गरेका छौं, तर ट्वाईलेट पेपरको पनि संकट हुन्छ भन्ने कुरा कमै सुनेका छौं । यदि त्यस्तो कुरा सुनियो नै भने पनि त्यो एउटा ठट्टा मात्र मानिन सक्छ, तर एसियाको विकसित मुलुक ताइवानमा भने अहिले ट्वाइलेट पेपरको संकट छ ।
ताइवानका डिपार्टमेन्टल स्टोरमा ट्वाइलेट पेपर राखेको केही मिनेटमै सकिने गरेको छ । यो संकट प्रयोगका कारण नभै यसको मूल्य वृद्धि हुने आशंकामा निम्तिएको हो । ट्वाइलेट पेपरमा ३० प्रतिशतसम्म मूल्य वृद्धि हुने हल्ला चलेपछि उपभोक्ताहरू त्यसको सञ्चय गर्नतिर लागेका छन्, जसका कारण ताइवानमा ट्वाईलेट पेपरको यस्तो संकट देखा परेको हो ।