साप्ताहिक संवाददाता
सरकारले पक्राउ पुर्जी जारी गरेको विप्लवको पार्टीको चेतावनीपछि सलमान खान नेपाल नआउने सम्भावना बढ्यो । राजनीतिक सटर थापेर चन्दा माग्ने पार्टीले धम्की दिँदा सरकारले सुरक्षाको जिम्मेवारी लिन्छ, कार्यक्रम गर्नु भन्ने निर्देशन दिन सक्नुपर्छ । सलमान नेपाल आएर काठमाडौं, चन्द्रागिरि वा एभरेस्ट बेसक्याम्पको एउटा फोटो मात्र ट्विट, फेसबुक अथवा इन्स्ट्राग्राममा राखे भने पनि करोडौंसम्म पुग्छ, जुन करोडौं खर्च गर्दा पनि पुग्न सक्दैन । त्यसैले गरिब मानसिकता राखेर विरोध गर्नुको कुनै तुक छैन । यसअघि पनि भारतीय कलाकार नेपाल आएकै हुन् । अझ अन्तर्राष्ट्रिय कलाकारहरू पनि आएकै हुन् । सलमान वा बलिउड ग्लोबल ब्रान्ड हुन्, जुन कुरा जंगलमा बस्नेहरूले बुझ्न सक्दैनन् ।
सुष्मा अधिकारी
साप्ताहिकको अघिल्लो अंकमा यो स्टाटस छापिएपछि थुप्रै प्रतिक्रियाहरू प्राप्त भए । तीमध्येका केही प्रतिक्रियाहरू :
धेरै राम्रो स्टाटस । यस्तो जंगली तालले नेपालमा कसले लगानी गर्छ ? केको विकास समृद्धिको रट लगाउनुको तुक छैन । सरकारले नियन्त्रण गर्नुपर्छ ।
गिरीश प्रधान
म सतप्रतिशत सहमत दिदी । नेपाली भएर नेपालीको कुरा काट्न त मलाई पनि मन थिएन, तर हेर्ने आँखा कोही–कोहीको कस्तो भयो भने मोदीले सलमानलाई नेपाल पठाउन लाको र सलमानले नाकाबन्दी गरेको अर्थमा बुझे तर यो कुरामा मेरो आपत्ति छ ।
लीला गिरी
कलाकारलाई यसरी प्रतिबन्ध गरिनु हुन्न । सरकारले सुरक्षाको व्यवस्थापन गर्नैपर्छ ।
विष्णु पाण्डे
सलमान नेपाल आएर नृत्य गर्दैमा करोडौंसम्म पुग्ने र ती करोडौं नेपाल आउने भन्ने त हुँदैन । आर्थिक समृद्धिका लागि विदेशी पुँजी र प्रविधि ल्याउनु र कलाकार ल्याउनु फरक–फरक कुरा हुन् ।
नवराज अधिकारी
सलमान खानको कन्सर्ट नेपालमा भएन भनेर केही नेपाली फ्यानहरूको रोइकराई छ । त्यो कन्सर्ट विप्लवको कुनै धम्कीले रोकिएको होइन । त्यो भारतीय खुफिया एजेन्सी रअकै नेपालको शान्ति सुरक्षा अन्तर्राष्ट्रिय स्तरमा कमजोर देखाउने रणनीति थियो । भारतीय विदेश नीतिले आफ्नो सफ्ट पावर मानेको बलिउडलाई महत्वपूर्ण स्थान दिन्छ र हरेकलाई सुरक्षासँग जोडेर हेर्छ । नेपालमा सलमानलाई झिकाएर कन्सर्ट गराउने भन्दै पहिले डंका पिटियो । अहिले अब रअले आफ्नै योजना मुताविक सुरक्षा संवेदनशीलताको रिपोर्ट सुम्पियो । सलमानलाई साउथ ब्लकले अनौपचारिक हिसाबले रोकिदियो भएको यही हो ।
रमेश थापा
सतप्रतिशत सही कुरा गर्नुभयो । नानाथरी कुरा गरेछ आउन दिनु हुँदैन भनेछ । त्यतिकै कराएको छ । अबुझलाई त बुझाउन सकिन्छ तर जानी–जानी अबुझ बन्नेलाई सम्झाउन नसकिँदो रहेछ ।
सोमबहादुर राना
अनि के सलमान आउँदैमा देशको विकास हुन्छ ?
कान्छा कान्छा
सलमानलाई सैनिक मञ्च र नेपाली कलाकारलाई खुला मञ्चमा कार्यक्रम गर्न लगाउनु कलाकारमाथि विभेद हो ।
केदारनाथ घले
सुष्माजी, नेताहरूको दृष्टि फराकिलो नभएको देश नेपाल हो । पर्यटन प्रवद्र्धन गर्छु भनि करोडौं खर्च गर्ने देशले एउटा अन्तर्राष्ट्रिय सेलिब्रिटी नेपाल आउँदा कति फाइदा हुन्छ भन्ने बुझ्दैन । गधा धोएर गाई हुँदैन भन्या यही हो ।
सञ्जीव शर्मा
सही कुरा सुष्माजी । उनीहरूलाई के थाहा ? नेपालमा नियम, कानुन कहाँ छ र ? जता गुलियो, उतै भुलियो भन्ने उखानै छ ।
विजय शाह
सुष्माजीले राम्रो कुरा उठाउनुभयो । यो कुरालाई म साथ दिन्छु ।
रविन क्षेत्री
यहाँ धेरैको संकुचित मानसिकता छ । फराकिलो दिमागले कसैले सोच्दैनन् । सबैको आ–आफ्नो स्वार्थ छ ।
शंकर नेपाल
डनहरू र यस्तो काम गर्नेहरूलाई अब नियन्त्रण गर्नुपर्छ ।
कुमार लामा
क्या बात गर्नुभयो सुष्माजीले । मनपर्यो ।
उमेश कुमार
यस्तो कुरामा पनि राजनैतिक हस्तक्षेप भयो, नराम्रो लाग्यो ।
अनमोल
सलमान खानको विषयलाई लिएर किन विवाद गर्नु ?
रुपक
नेपालको पर्यटन प्रवद्र्धन पनि त हुन्थ्यो नि, यतातिर नेताहरूले सोचेनछन् ।
विष्णु शर्मा