चैत्र ४, २०७४
हङकङस्थित युङ्लोङ थिएटरमा आयोजित एलजी नाइटका क्रममा हास्यकलाकारद्वय जितु नेपाल (मुन्द्रे) र सन्दिप क्षेत्रीले हङकङेली दर्शकहरू लाई धित मरुञ्जेल हँसाएका थिए ।
एलजी नाइटको यो १४औं संस्करणमा नेपाल आइडलका तीन बिजेता बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, आइडलकै टप ९ प्रतिस्पर्धीमध्ये एक सन्ध्या जोशीले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा वाईल्ड रिपर्ज डान्स ग्रुपले पनि प्रस्तुति दिएको थियो । विशाल गुरुङको प्रस्तुति रहेको एलजी नाइटलाई चेतन गुरुङ र हिमाल रानाले आयोजना गरेका हुन् । कार्यक्रमको मनोरञ्जनात्मक शेसन सुशील नेपालले सञ्चालन गरेका थिए ।