चैत्र ४, २०७४
औंलामा लगाउने औंठीको फेसनको कुरा गर्दा तपाईंले यसको डिजाइनका बारेमा सोच्नु भयो होला, कुरा त्यसो होइन अहिले औंठी लगाउने नयाँ तरिका चलेको छ । पहिला औंठी औंलामा लगाइन्थ्यो भने अहिले फेसनका पारखीहरूले औंलाको छालालाई छेडेर औंठी लगाउन थालेका छन् ।
शरीर छेड्ने कला पियर्सिङका रूपमा आएको यो फेसन पश्चिमी समाजमा अहिले तीव्र रूपमा फैलिरहेको छ । यसरी पियर्सिङ गरेर लगाएको औंठीका तस्बिरहरूलाई प्रयोगकर्ताले सामाजिक सञ्जालमा अपलोड गरेर व्यापक बनाउने प्रयास गरिरहेका छन् ।