साप्ताहिक संवाददाता
चैत्र ७, २०७४
टिनएजर युवतीहरुको सौन्दर्यमा केन्द्रित ‘मिस टिन ग्ल्याम’को यो वर्षको संस्करण सम्पन्न भएको छ । प्रतियोगीताको यो वर्षको उपाधि जेसिका ताम्राकारले जितेकी छिन् ।
१७ वर्षिया जेसिकाले १४ जना प्रतियोगीलाई पछि पार्दै प्रतियोगीतको शिर्ष उपाधि उचाल्न सफल भएकी हुन् । जेसिकाले प्रतियोगितामा ‘बेष्ट फिजिक’ र ‘बेस्ट सिंगर’को उपाधि समेत आफ्नो पक्षमा पार्न सफल भएकी छिन् ।
प्रतियोगितामा बेष्ट स्पिच र बेष्ट वाकको अवार्ड सहित करुणा श्रेष्ठ फष्ट रनर अप, मस्ट कन्फिडेन्ट, भ्युअर्स च्वाइस र मस्ट पपुलर अवार्ड सहित रोजीना राई सेकेन्ड रनर अप तथा मस्ट चार्मिङ अवार्ड सहित रीतिका लिम्बु थर्ड रनर अप चयन भएका छन् ।