मेष
कार्य सञ्चालनमा उत्पन्न बाधाहरू सोमबारपछि फुक्दै जानेछन् । सरोकार नभएको कार्यले फजुल खर्च गराउनेछ । विशेष छुटमा भैतिक साधन खरिद गर्ने अवसर जुट्न सक्छ । सप्ताहन्तमा भ्रमणबाट यथेष्ट मनोरञ्जन प्राप्त हुनेछ ।
वृष
मन पराउने साथीले घुमाउरो भाषामा प्रस्ताव राख्न सक्छन् । अरूको भावना बुझने चेष्टा गर्नुहोला । व्यवसायको सिलसिलामा लामो यात्रा हुने सम्भावना छ । ठूला व्यवसायीहरूसँग उठबस हुँदा कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्नेछ । साताको अन्त्यमा शारीरिक थकानले सताउन सक्छ ।
मिथुन
कार्यव्यस्तताले स्वास्थ्यमा प्रतिकूलता देखा पर्न सक्छ । व्यवसायिक जिम्मेवारी बहन गर्नुपर्ला । विदेशीहरूसँग भलाकुसारी हुने सम्भावना छ । आफ्नै बलमा नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । फलफूलको जुस तथा पानीको सेवनले स्वास्थ्य समस्याबाट टाढा राख्नेछ । साताको अन्त्यमा कार्य बोझ थपिन सक्छ ।
कर्कट
सभा–सम्मेलनमा सहभागी हुन पाइनेछ । उच्चपदस्थ व्यक्तिहरूसँग परिचित हँुदै महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्न सकिनेछ । रोकिएको अध्ययनले निरन्तरता पाउनेछ । वैचारिक मतभेदका बाबजुद अभिभावकहरूको सहयोग जुट्नेछ । टाढा रहेका मित्रहरूबाट आर्थिक सहयोग समेत प्राप्त होला । पहेंलो रंगको प्रयोगले अनपेक्षित परिणमा दिलाउन सक्छ ।
सिंह
नयाँ कार्य सम्पन्न गर्न ऊर्जा थपिएको अवस्था छ । सकारात्मक सोचले साताभरि नै पछ्याउनेछ । धैर्यतापूर्वक सम्पन्न गरिएको कामलाई विशिष्ट व्यक्तिहरूले उच्च मूल्यांकन गर्नेछन् । सेवा गर्ने अवसर प्राप्त हुने सम्भावना टरेको छैन । गफाडी साथीभाइहरूबाट टाढै रहनुहोला ।
कन्या
संयमतापूर्वक व्यवहार गरे तपाईंको विचारका समर्थक बढ्नेछन् । मन मिल्ने साथीको भावनाको कदर गर्नुहोला । वैदेशिक अध्ययनतर्फ कदम अघि बढ्न सक्छ । परिवार तथा नजिकका नातेदारले उनीहरूको भनाइ नसच्याउँदा आपसी तिक्तता वृद्धि हुनसक्छ । साताको अन्त्यमा मोबाइल, नगद तथा गरगहना गुम्ने सम्भावना छ । विवेक पुर्याएर काम गर्नुहोला ।
तुला
रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात पर्नेछ । विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिन्छ । आफ्नो खानपान तथा पहिरनले अरूको मन लोभ्याउनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्न सक्छ ।
वृश्चिक
बोलीलाई प्रभावशाली बनाउन सेतो रंग लाभदायकसिद्ध हुनेछ । स्वदेशमै नयाँ अवसर हात लाग्ने सम्भावना छ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुनसक्छ । मनोरञ्जनमा सहभागी हँुदा समय अनि मौसमको ख्याल राख्नुपर्नेछ । यात्रामा दुविधा उत्पन्न होला । घरायसी व्यवहारबाट टाढै रहनु उचित हुन्छ ।
धनु
तपाईंको कामको मूल्यांकन हुनुका साथै आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्यमा देखा पर्ने समस्याले मनमा नैराश्यता गराउनेछ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार आई बोलीको प्रभाव बढ्नेछ भने महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन् ।सेयर कारोबारमा आकर्षित भइनेछ ।
मकर
मझौला किसिमका लगानीबाट धन आर्जन गर्न सकिनेछ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा होला । सामाजिक काम गर्ने अवसर जुट्नेछ । प्रेमसम्बन्धमा सावधानीपूर्वक निर्णय लिनुहोला । ढिलो निर्णय गर्दा घाटा हुनेछैन । मौसमी फेरबदलका क्रममा स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोला ।
कुम्भ
अभिभावकहरूसँग वैचारिक मतभेद उत्पन्न भै आफूप्रति गुनासो बढ्न सक्छ । विचार पुर्याएर गरिएका कार्यले भने फाइदै दिलाउनेछन् । धोकेबाजहरू प्रेमप्रस्ताव राख्दै नजिकिने प्रयासमा छन्, सचेत रहनुहोला । महत्वकांक्षाले जोखिम निम्त्याउन सक्छ ।
मीन
समयको महत्व बुझेर अघि बढ्न सके स्वत: उचाइमा पुगिनेछ । साताको अन्त्यमा व्यवसायले सन्तोषजनक परिणाम दिलाउनेछ । साता मनोरञ्जक रहनेछ । जिम्मेवारीको कार्य सम्पन्न गर्न ढिलाइ गर्दा परिवारका सदस्यहरू चिढिने सम्भावना छ । खानपानसम्बन्धी हेलचेक्र्याइँले स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ ।