साप्ताहिक संवाददाता
चैत्र १२, २०७४
शिक्षण पेशामा संलग्न शिक्षिकाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘टिचर आइकन अफ द इयर २०१८’मा प्रिमियर इन्टरनेसनल स्कूलकी शिक्षिका रुपा लामा विजेताका रुपमा चयन भएकी छिन् ।
गतसाता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा फस्ट रनर अप तर्फ काजोल खेतान विजयी भइन् भने थर्ड रनर अप तर्फ होलिना सापकोटा विजयी छनौट भइन् ।
पब्लिक च्वाइस र पपुलर विधामा भने रश्मि तण्डुकार विजेता बनेकी थिईन् । प्रतियोगीतामा १४ जनाको सहभागीता थियो ।