साप्ताहिक संवाददाता
अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । केमडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलर बुधबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा पैसाले उत्पन्न गर्ने घटनालाई हास्य रसमा प्रस्तुत गरिएको छ ।
विशाल भण्डारीले निर्देशन गरेको रहेको चलचित्रमा केकी अधिकारीका साथमा ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, जेविका कार्की, प्रियंका कार्की, कुशाग्र भट्टराई लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
केहि समय अघि सार्वजनिक ‘सी..व डब्ल्लु’ गीतका कारण पनि यो चलचित्र निक्कै चर्चामा छ । चलचित्रमा अर्जुन पोख्रेल, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथारसंवाद र भद्रबहादुर शाही, देवीलाल नयौपाने (पण्डित) र शिव प्रसाद चौलागाईले सयुक्त रुपमा लगानी गरेका छन् ।
‘कोहलपुर एक्सप्रेस’को ट्रेलर :