साप्ताहिक संवाददाता
चैत्र २०, २०७४
गायक अमर राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘चञ्चले नानीले’ बोलको सार्वजनिक गीतमा मणिपाल राईको शब्द तथा संगीत रहेको छ ।
म्यूजिक भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेललाई प्रस्तुत गरिएको छ शिल्पा र विल्सनको प्रेमभावलाई भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
चञ्चले नानीको म्यूजिक भिडियो :