साप्ताहिक संवाददाता
चैत्र २७, २०७४
आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीबाट’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ ।
भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीले जोडी बाधेका छन् । विकास सुवेदीले निर्देशन गरेको यसै म्यूजिक भिडियो मार्फत सचिनले अभिनयमा डेब्यु गरेका छन् ।
भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
तिमीबाटको म्यूजिक भिडियो :