साप्ताहिक संवाददाता
चैत्र २९, २०७४
अभिनयमा डेढ दशक बिताएका रोहित रुम्बा आफ्नै लगानी सहित ‘नेप्टे’को साथमा चलचित्र क्षेत्रमा आउने भएका छन् । उनी यो चलचित्रमा दयाहाङ राई, छुल्ठिम गुरुङ, बुद्धि तामाङसँगै पर्दामा पनि देखा पर्ने छन् । उनको नेप्टे भोलि शुक्रबारबाट अल नेपाल रिलिज हुँदै छ ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र मार्फत अभिनेता दयाहाङ राई पहिलोपटक नेगेटिभ भूमिकामा दर्शक माझ देखा पर्ने छन् । चलचित्रमा अर्जुन गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाललगायतका कलाकारले पनि अभिनय गरेका छन् ।