इन्स्टाग्राममा युवतीहरूलाई आफ्नो आकर्षक मुहार देखाउने जति रहर हुन्छ त्यति नै रहर आफ्नो बुटिज (पुठ्ठा) देखाउने हुन्छ । सबैको बुटिज भनेजति ठूलो नभएका कारण कतिपयले यसलाई देखाउने अवसर नै पाउँदैनन् जसका कारण धेरै युवती निराशसमेत छन् ।
यस क्रममा एक फिटनेस ब्लगरले आफ्नो इन्स्टाग्राममार्फत सामान्य अवस्थाको बुटिजलाई पनि ठूलो देखाउने उपाय बताएकी छिन् । उनको यो उपाय अहिले इन्स्टाग्राममा धेरैले रुचाएर भाइरलसमेत भएको छ । अस्ट्रेलियाकी फिटनेस ब्लगर एन्ना भिक्टोरियाको इन्स्टाग्राममा १३ लाख फलोअर्स छन्, जसले हालै एक पोस्टमार्फत बुटिजलाई ठूलो देखाउने उपाय सिकाइन् ।
एउटै स्थानमा सेल्फीमार्फत खिचिएको दुई तस्बिरमध्ये एउटामा उनको पुठ्ठा सामान्य देखिएको छ भने अर्कोमा ठूलो र आकर्षक देखिएको छ । एन्नाका अनुसार तस्बिरमा पुठ्ठालाई ठूलो र आकर्षक देखाउन हल्का निहुरिएर ढाड सिधा राखी पुठ्ठालाई केही बाहिर ल्याएर सेल्फी लिनुपर्छ । उनको यो उपायलाई धेरै युवतीले पछ्याइरहेका छन् ।