आवाज देऊ
महाराज थापाको शब्द तथा संगीतको यो गीतले मलाई नेपाली सांगीतिक क्षेत्रमा गायिकाको परिचय दियो ।
गाउँले जीवन
निर्णय एनएसकेसँगको सहकार्यमा तयार भएको यो गीत फरक फ्लेवरको छ । कन्सर्टहरूमा दर्शकहरूबाट यो गीतको माग बढी हुन्छ ।
ओइलाएको फूललाई
चलचित्र बाटोमुनिको फूलको यो गीत निकै मार्मिक छ । यशकुमारको संगीतको यो गीतले चलचित्रको कथा पनि भन्छ ।
मुटु नचिरिदेऊ
सुकबहादुर गुरुङको शब्द तथा सतिस श्रेष्ठको संगीतको यो गीत एक्लै बसेर गुनगुनाउँदा आनन्द महसुस हुन्छ ।
पलपल बिताउन
अराज केशवको शब्द तथा मोहित मुनालको संगीतको फास्ट बिटको यो गीतमा मैले धेरै पटक दर्शकहरूलाई नचाएकी छु ।
ए हावा
यो गीतको मेलोडी बलियो छ । सरिता तुलाधरको शब्द तथा हरि लम्सालको संगीतमा तयार यो गीत गाउँदा आनन्द अनुभव हुन्छ ।
बादल वर्षा बिजुली
सचिन सिंहको संगीतको चलचित्र कर्तव्यको बादल वर्षा बिजुली गीत दर्शकहरूले अत्यधिक रुचाउनुभयो । डान्सिङ बिटको उक्त गीतले मलाई चलचित्रका अन्य गीतमा पनि अवसर दिलायो ।
बिन्ति कोही मेरो खबर
निलम आङ्बुहाङ राईको शब्द तथा प्रविन बराइलीको संगीतको यो गीतकै कारण मैले दर्शकहरूको अत्यधिक माया पाइरहेकी छु ।
म त सोझी सोझी
लोकलयमा आधारित यो गीतले दर्शकहरूलाई छमछमी नचाउँछ । नरेश भट्टराईको शब्द तथा सुनिल मास्केको संगीतको यो गीत जति सुने पनि मन अघाउँदैन ।
शिरैमा शिरबन्दी
नरेश भट्टराईको शब्द तथा सचिन सिंहको संगीतको यो रमाइलो गीत मेला, कन्सर्ट तथा नाचगानहरूमा बजाइँदै आएको छ ।