साप्ताहिक संवाददाता
असार ४, २०७५
चलचित्र तथा विभिन्न गीतका म्यूजिक भिडियोमा मोडल तथा अभिनेत्रीका रुपमा देखिएकी मरिष्का पोख्रेलले निर्देशन गरेको दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आफूले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मरिष्का कलाकारका रुपमा पनि देखा परेकी छिन् । मरिष्कालाई जोडीका रुपमा दृष्य सुवेदिले साथ दिएका छन् ।
होम न्यौपानेको शब्द तथा विपी वाग्लेको स्वर, संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियोमा मरिष्काले दोस्रो पटक आफ्नो निर्देशकिय क्षमता प्रसतुत गरेकी हुन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा नविन भाट्टको सम्पादन रहेको छ ।
मेरो प्राण तिमीनै को म्यूजिक भिडियो :