साप्ताहिक संवाददाता
रसियामा जारी २१ औं विश्वकप फुटबल रोचक बन्दै गएको छ । फुटबलका पारखीहरू हरेक खेल नछुटाई त्यसमै रमाइरहेका छन् । आ–आफ्नो समर्थन रहेको देशका पक्षमा सामाजिक सञ्जालमा टिप्पणी लेख्ने क्रम जारी छ । विश्वकप फुटबलसम्बन्धी केही रोचक प्रतिक्रिया :
यस पटक देखिएको घम्साघम्सी रोचक त छ नै सोचक पनि छ । कति त निराश देखिन्छन् आफ्नो प्रिय टिमले सन्तोषजनक नतिजा नदिँदा तर यो समय सधैं कहाँ बग्छ र एउटै रेखामा ? परिवर्तन समयकै उपज हो र हुनु पनि पर्छ पनि । विश्वकपको इतिहासमा २०१८ को नतिजाले नयाँ कीर्तिमान बनायो भने अचम्म मान्नुपर्ने केही छैन ।
सुनिता राई काङ्दङवा
मानिसहरू पनि ! फुटबल हेर्न त फुटबल किन्नुपर्ने नि तर टिभी किन्छन् ।
सुदीक्षा भुसाल
पुटिनले जस्तै एमालेले २० वर्ष सत्ता चलाउन पाएको भए आज विश्वकप फुटबल नेपालमा सञ्चालन भैरहेको हुन्थ्यो ।
प्रदीप भट्टराई
हिजो गल्फ्रेन्डसँग बसेर फुटबल हेरेको घरीघरी रेफ्री कुन टिम हो भनेर हैरान, केटीको जात न पर्यो नेयमार भएर हेरेको रे.... केटीहरूले अरूलाई त चिन्नु पनि पर्यो नि ।
झाँक्री बा
धन्न क्रिकेट तथा फुटबलको नियम नेपालमा बनेन । बनेको भए ......
टिमका पाँच जना जति त विभिन्न जातीय कोटाबाट नियुक्त गर्नुपर्ने अनिवार्य हुन्थ्यो होला है ?
अर्जुन आचार्य
दुहुन नमिल्ने ‘जर्सी’ र पिउन नमिल्ने ‘कप’
को जात्रालाई ‘विश्वकप फुटबल’ भनिन्छ रे !
प्रतीक्षा
३ करोड जनसंख्या भएको देशमा १ करोड त फुटबल विश्लेषक रै’छन्, त्यत्तिकै संख्यामा टिप्पणीकर्ता होलान्, विडम्बना विश्वकप खेल्ने ल्याकतका भने ११ जना पनि छैनन् ।
भद्रगोल पाँडे
खेल्न नजाने नि आफूले गोल गर्ने र अरूलाई गोल गर्न नदिने रणनीति अपनाउने हो भने अर्को विश्वकप फुटबल नेपालले पनि खेल्न पाउनेछ ।
महादेव भारती
होइन यो विश्वकप फुटबल नेपालमा हुँदैछ कि रुसमा ? तामझाम त दुवैतिर उस्तै छ ।
कृष्ण गौतम
यहाँ आफ्नै जिन्दगीले फुटबल खेलेर उचाल्ने पछार्ने गरिरा बेला त्यो विश्वकप त मेरा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात ।
सुशीला थापा
आइसल्यान्डमा जति जनसंख्या (३ लाख ३० हजार) छ त्यति त अर्जेन्टिनामा रजिष्टर्ड फुटबल खेलाडी (३ लाख ३१ हजार ८११ जना) छन् ।
भीम उपाध्याय
नेपालका आधा मान्छे अर्जेन्टिनाका फ्यान छन् बाँकी आधाले फुटबललाई राम्रोसँग बुझेका छन् ।
द तिलक
विश्वकप अर्जेन्टिनाले जितिसक्यो, कप पनि उचालि सक्यो । अब हामीलाई लाइभ भनेर झुक्याउने मात्र हो फिफाले ।
टुटुल्के
नेपालमा फुटबल प्रतियोगिता हुँदा १ सय रुपैयाँको टिकट नकाट्ने नेपालीहरू विदेशी जर्सीलाई भने हजार रुपैयाँ हाल्न तयार छन् ।
भद्रगोल
फुटबल फ्यान त म पनि हुँ, तर ज्योतिष बनेर यो देशले जित्छ र त्यो देशले हार्छ भनेर हल्ला गर्दै हिँड्दिन । सपोर्ट आफ्नो ठाउँमा छ ।
कृष्ण गौतम
विश्वकप फुटबल जितिरहेका देशले भन्दा पनि अहिलेसम्म विश्वकप नजितेका देशले जित्नुपर्छ भन्ने मेरो मान्यता छ ।
महादेव भारती
फुटबल खेले झैं मेरो जिन्दगीसँग चाहिँ नखेल्नु है ।
भूमि
फुटबल नहेरौं मनले मान्दैन ।
फुटबल हेरौं निद्राले मान्दैन ।
एक्लो टुरिस्ट (प्रकाश धिताल)
विश्वकप फुटबल हेर्न जत्तिको तन, मन र धन अन्य काममा दिने हो भने हाम्रो उन्नति चाँडै हुने थियो ।
भुपेन्द्र खड्का
होइन के जमाना आयो यस्तो ? उ जमानामा फुटबल हेर्न युद्ध रोकेका थे रे । अहिले त फुटबल सुरु हुन नपाउँदै विश्व युद्ध गराउन लागे– हैट ।
अनिल थापा क्षेत्री
विश्वकप फुटबल हो, समय मिलाएर खेल हेर्दा हुन्छ । महादेवको फ्यान हुँ भन्दैमा बाघको छाला भिरेर अनि सर्प बेरेर हिँड्नु पर्दैन ।
निरज वाग्ले
फुटबलमा स्वस्थ प्रतिस्पर्धा गराउन सक्नुपर्छ फिफाले । स्टार खेलाडीहरूको जर्सी तानेर, पाखुरा खिचेर अनि छिर्के हानेर रोक्ने रणनीतिचाहिँ हाम्रो देशको राजनीतिभन्दा फरक लागेन । मेसी हुन् वा नेयमार सबै यसकै सिकार भए । आउने दिनमा फुटबल र कुस्तीबीच फरक छुट्याउन पाइयोस् ।
केशव कोइराला
भाग्य, अनुमान, परिश्रम र मैदान एक अर्कासँग सम्बन्धित जस्तै लागे पनि फरक–फरक कुरा हुन् । आशा र समर्थन गर्दैमा आफूले भने जस्तै परिणाम आउँदैन ।
(प्रसंग विश्वकप फुटबल)
बत्तीमुनिको अँध्यारो