साप्ताहिक संवाददाता
असार २६, २०७५
रेक्स फेसन होमको ब्यानरमा सम्पन्न मिस एसइइ आइकन २०१८ को उपाधि नैना खड्गीले उचालेकी छिन् । प्रतियोगीतामा मन्दिरा खड्का फस्ट रनर अप तथा प्रिति भट्ट सेकेन्ड रनर अप बन्न सफल भए ।
यस्तै, मिष्टर नेसनल २०१८ तर्फ रबिन तण्डुकार विजेता बन्न सफल भएका छन् । प्रतियोगीतामा सुबोध श्रेष्ठ र प्रतिक महर्जनले क्रमश: फस्ट तथा सेकेन्ड रनर अपको स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगीता काठमाडौंको महेन्द्र पुलिस क्लबमा सम्पन्न भएको थियो