साप्ताहिक संवाददाता
श्रावण ९, २०७५
चलचित्र ‘नाईं नभन्नु ल ५’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपालको जोडीलाई प्रस्तुत गरिएको छ ।
विकासराज आचार्यले निर्देशन गरेको यो चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका छ ।
सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले यो चलचित्रको कथा लेखेका हुन् । चलचित्र भदौ ८ गतेबाट रिलिज हुँदैछ ।
गीतको भिडियो :