साप्ताहिक संवाददाता
बेलायतमा बिभिन्न क्षेत्रवाट उदाहरणीय कार्य गर्ने ब्यक्तिहरुलाई हालै लण्डनमा एक कार्यक्रमको आयोजना गरेर सम्मानित गरिएको छ ।
लण्डनको हुयारो फुटबल क्लवमा आयोजित कार्यक्रममा लिभरपुल जोन मोर युनिभर्सिटीेका एसोसिएट डिन डा. पदम सिम्खडा, बेलायती सेनाको छैटौं वरियताको लेफिटनेन्ट कर्णेल टोल खाम्चा, गेसो अध्यक्ष कृष्णकुमार राई, तमु धि यूके ज्ञाम गुरुङ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ,सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ, एनबिसी यूके पूर्व अध्यक्ष कमलराज खनाल, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्बासे र अभिनेत्री जसिता गुरुङ रहेकी छन् ।
सांसद डा. सूर्य पाठक र वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्धघाटन गरेको उक्त कार्यक्रममा नेपाली राजदूत डासुवेदीलाई ’डिप्लोम्याट अफ द डिकेड’को रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रमका संयोजक रामशरण सिंखडाले समुदायमा उदाहरणीय कार्य गर्ने व्यक्तित्वहरुको हौसलाका लागि सम्मान गरिएको बताए । सम्मानलाई प्रतिकका रुपमा लिन आग्रह गर्दै उनले समाजमा योगदान गरेका तर लाइमलाइटमा नआएकाहरुलाई भविष्यमा पहिचान गर्न प्रयास गरिने बताए ।
नेपाल ब्रिटेन डट कमको ११ औं बार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।