चीनको ताङ सम्राज्यसँग मेल खाने पार्क सञ्चालनमा आएपछि उक्त पार्कमा आउने मोटी महिलालाई केही समयका लागि नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । ताङ राजघरानाको आठौं शताब्दीको इतिहासअनुसार याङ गुइफी चीनका चार सुन्दरीमध्ये एक मानिन्छिन् । उनको सौन्दर्यको चर्चा चीनमा अझै पनि हुन्छ । उनी केही मोटी थिइन्, त्यही भएर उनको सम्झनामा खुलेको पार्कमा मोटी महिलाहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको हो ।
उक्त छुटको अवसर पाएपछि धेरै मोटा महिलाहरू उक्त पार्कमा पुगेका थिए । पार्कका सञ्चालकहरूले ६१ दशमलव ८ किलोग्रामभन्दा बढी तौल भएका महिलाहरूलाई मात्र नि:शुल्क प्रवेश दिएका थिए । पार्कका सञ्चालकहरूले नि:शुल्क प्रवेश चाहने महिलाहरूलाई प्राचीन शैलीमै तुलामा राखेर उनीहरूको तौल लिन्छ । चीनमा अहिले तौल हेरेर छुट दिने चलन बढ्दै गएको छ ।
केही समयअघि एक रेस्टुराँले मोटो पुरुष तथा उचाइअनुसार कम तौल भएका महिलाहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाएको थियो ।