श्रावण ३०, २०७५
युरोपियन बियरका हजारौं स्वाद एवं गन्ध छन् । यसैक्रममा पोल्यान्डमा हालै अनौठो स्वाद र गन्धयुक्त बियर आएको छ । स्वाद र गन्धकै कारण यो बियरप्रति अहिले विश्वभरका बियर पारखीहरूको ध्यान आकर्षित भैरहेको छ ।
बियरको बढ्दो प्रतिस्पर्धामा आफूलाई पृथक् बनाउन पोल्यान्डको एक बियर कम्पनीले महिलाको योनिको गन्ध र स्वादलाई बियरमा समावेश गर्न सफल भएको दाबी गरिएको छ । कम्पनीका मालिक बोज्टेक म्यानका अनुसार उनले कृत्रिम बास्ना प्रयोग गरेर उक्त बियर उत्पादन गरेका होइनन् ।
बोज्टेकले पाउलिन र मोनिका नामका दुई महिला मोडलको योनिबाट निस्कने तरल पदार्थ संकलन गरेर त्यसलाई अत्याधुनिक रूपमा प्रशोधन गरेर बियरमा मिसाएको जनाएका छन् । गार्जेग्रोज माजेवस्कि नामक यो बियरको मूल्य ७ सय २५ रुपैयाँप्रति बोतल छ । यो बियर अहिले पोल्यान्डको वार्सामा बिक्रीका लागि राखिएको छ ।