साप्ताहिक संवाददाता
भाद्र ९, २०७५
भदौ २२ गतेबाट रिलिजको प्रचारमा रहेको चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र प्रदीप खड्कालाई प्रेमिकाको हत्याराको रुपमा प्रस्तुत गरिएको छ । जसमा उनले प्रेमीको हत्या गरेर मुक्ति दिएको सम्बाद बोलेका छन् ।
रोजी महर्जनका परिवारसँगको लामो वार्तापछि यो चलचित्रको नाम रोजीबाट ‘रोज’ बनाईएको हो । चलचित्र निरक पौडेलले निर्देशन गरेका हुन् । निर्देशक पौडेलले यो चलचित्र रोजी महर्जन हत्याकाण्डसँग कुनै सम्बन्ध नरहेको बताए ।
चलचित्रमा निकिता पौडेल र मणिकरण केसीले संयुक्त रुपमा लगानी गरेका छन् । गोपिकृष्ण मूभिज र आरोही फिल्मस्को व्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकार शिर्ष भूमिकामा देखिने छन् ।