साप्ताहिक संवाददाता
तीज पर्व सकिएसँगै बजारमा दसैंका गीत सार्वजनिक हुन् थालेका छन् । गायक कस्तुप पन्तको यो वर्षको दसैं गीत सार्वजनिक भएको छ । ‘दसैंको जमरा’बोलको गीत सार्वजनिक भएसँगै गीतले राम्रो प्रतिकृया पाइरहेको छ ।
सार्वजनिक गीतमा वैदेशिक रोजगारीमा विदेशमा रहेका युवा र तिनका परिवारबीचको पीडा देखाईएको छ । देशका थुप्रै जनशक्ति दसैंमा घर आउन नपाउने परिस्थितीका कारण पनि पन्तको सार्वजनिक गीतलाई धेरैले रुचाएका छन् ।
सार्वजनिक गीतमा गायक पन्तकै लय तथा शब्द रहेको छ । गायनमा गायिका शर्मिला गुरुङ्ले साथ दिएकी छिन् । सारथी म्युजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा पन्त र गुरुङसँगै नेपाली कांग्रेस पर्वतका नेता गंगाराज शर्मा र सिता भट्टाराईले अभियन गरेका छन् । त्यस्तै बाल कलाकार आश्चर्य पन्त र स्मृति सिलवालले अभियन गरेका छन्।
गीतको म्यूजिक भिडियो :