कार्तिक ५, २०७५
गण्डकी स्टार खुल्ला नृत्य प्रतियोगीता २०७५ को उपाधि क्रिस्टिना लामाले जितिन् । कक्षा ३ मा अध्ययनरत ८ वर्षिय लामाले आफैले कम्पोज गरेको नृत्य प्रस्तुत गर्दै उपाधि हात पार्न सफल भएकी हुन् ।
नन्द ईन्टरटेन्मेन्टको दोस्रो प्रस्तुतीको रुपमा आयोजित प्रतियोगीतामा जस्मीन गुरुङ र कुशुम गुरुङ फस्ट रर्नसअप बने । हिमाली पुर्जा सकेन्ड रनर्सअप बन्न सफल भइन् । अडिसनमा सहभागी ३८ जना मध्येबाट छानिएका १८ जनाबिच पोखरा उद्योग वाणिज्य संघको हलमा ग्राण्ड फिनाले गरिएको हो ।
प्रतियोगीतामा ८ वर्ष देखि २५ वर्ष उमेर समुहका प्रतियोगीले भाग लिएका थिए । सोही कार्यक्रममा साहित्य तथा कलाको क्षेत्रमा क्रियाशिल देशभक्त सिंह कुँवर अलौकिक कवि उपाधिबाट सम्मानित भए ।