साप्ताहिक संवाददाता
यतिबेला जापानको टोकियोमा विश्वका ७० भन्दा बढी मुलुकका सुन्दरीहरूको जमघट छ । त्यही जमघटमा रोनाली अमात्य पनि छिन् । मिस नेपाल इन्टरनेसनल–२०१८ को विजेता भएसँगै मिस इन्टरनेसनल–२०१८ मा नेपालका तर्फबाट सहभागी बन्न जापान पुगेकी रोनालीले आगामी नोभेम्बर ८ को ग्रानड फिनालेमा आफ्नो भाग्य परीक्षा गराउनेछिन् । ५८ औं संस्करणको मिस इन्टरनेसनल प्रतियोगिताको ग्रान्ड फिनाले टोकियोको डोम सिटी हलमा संचालन हुनेछ ।
२२ वर्षीया रोनाली ५ फिट ८ इन्च अग्ली छिन् । यसअघि मिस इको इन्टरनेसनल नेपाल–२०१७ का रूपमा सञ्चालन भएको मिस इको इन्टरनेसनल–२०१७ मा नेपालको प्रतिनिधित्व गरेकी रोनाली उक्त प्रतियोगितामा मिस कन्जिनियालिटीको एवार्ड जित्न सफल भएकी थिइन् । त्यसअघि रोनाली नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको मोडल हन्ट नेपाल–२०१६ की विजेता भएकी थिइन् । मिस इन्टरनेसनलको विभिन्न स्पलेश एवार्डमध्ये नेसनल कस्ट्युमका लागि रोनाली बौद्ध धर्ममा आधारित ग्रिन तारा पहिरनमा प्रस्तुत हुनेछिन् । उक्त पहिरनको डिजाइन मन्जु ढकाल बन्जाराले गरेकी हुन् ।