साप्ताहिक संवाददाता
कार्तिक ९, २०७५
गायक राजेश पायल राईले देउसी गीत सार्वजनिक गरेका छन् । राजेशको स्वर रहेको ‘सयपत्री...’ बोलको सार्वजनिक गीत प्रेम राईले लेखेका हुन् । विनोद खम्बूले संगीत गरेको गीत चन्दू गोरखालीले एरेञ्ज गरेका छन् ।
भिडियोमा राजेश पायल राई आँफै फिचर्ड छन् । उनलाई उमेश राई, अनु लिम्बू, दीपा तामाङलगायतले साथ दिएका छन् । भुपेन्द्र थुम्बाहाम्फेले खिचेको भिडियो सम्पादन बुद्ध थापा मगरले गरेका छन् भने निर्देशन राकेह खत्रीले गरेका छन् ।
देउसी गीतको म्यूजिक भिडियो :