साप्ताहिक संवाददाता
कार्तिक १२, २०७५
चीनले समुद्रमाथि निर्माण गरेको संसारको सबैभन्दा लामो पुल सार्वजनिक यातायातका लागि खोलेको छ । ५५ किलोमिटर लामो उक्त पुलले चीनको स्वशासित क्षेत्र हङकङलाई औद्योगिक सहर झुहाइ हुँदै पर्यटकीय केन्द्र मकाउलाई जोड्छ ।
सन् २०११ मा निर्माण सुरु गरिएको यो पुल बनाउन सात वर्ष लागेको थियो । ८ अर्ब डलर खर्च गरिएको यो पुल तयार पार्न समुद्रमाथि कृत्रिम टापु बनाइनुका साथै दर्जनौं केवुल ब्रिज तथा समुद्रमुनि सुरुङसमेत निर्माण गरिएको थियो ।