साप्ताहिक संवाददाता
इन्डोनेसियाको बाली द्वीप पर्यटकहरूबीच लोकप्रिय छ । यो द्वीपलाई अस्ट्रेलियालगायत पश्चिमी मुलुकका पर्यटकहरूले अश्लील हर्कत गर्ने द्वीपमा परिणत गरिदिएका थिए ।
विभिन्न धार्मिक स्थलहरूका कारण प्रसिद्ध बाली द्वीपमा पश्चिमी मुलुकका पर्यटकहरूले बिकिनीमा अश्लील तस्बिर खिचेर सामाजिक संजालमा पोष्ट गर्न थालेपछि बालीका सरकारी अधिकारीहरूले त्यहाँ बिकिनी लगाएर घुम्न प्रतिबन्ध लगाइदिए ।
सरकारी अधिकारीहरूको उक्त निर्णयपछि त्यहाँ पर्यटकको आगमनमा ठूलो कमी आयो । यद्यपि उक्त निर्णयमा कुनै परिवर्तन आएन । ठाउँ राम्रो भएपछि कसको के लाग्दो रहेछ र ? अहिले फेरि अस्ट्रेलियाका धनाढ्य पर्यटकहरूको आकर्षण बाली द्वीपतर्फ बढ्न थालेको छ ।
बाली द्वीपको सौन्दर्य तथा त्यहाँका धार्मिक धरोहरहरूलाई अघि सारेर अस्ट्रेलियाका ट्राभल एजेन्टहरूले धनाढ्य पर्यटकहरूलाई आकर्षित गर्न थालेपछि फेरि बाली द्वीपको मुहार फेरिन थालेको छ ।