साप्ताहिक संवाददाता
कार्तिक १४, २०७५
एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस तथा आधा चम्चा गोलभेँडाको रसमा पाउरोटीको सेतो भाग मिसाएर प्याक बनाई अनुहारमा लगाउने । २० मिनेटपछि पखाल्ने ।
मुगको दाल एक ठूलो चम्चा, दही एक सानो चम्चा, अन्डाको सेतो तथा पहेँलो भाग एक–दुई चम्चा, आधा चम्चा कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाउने अनि २० मिनेटपछि पखाल्ने ।
कालो तुलसीको पातमा थोरै मह तथा तीन–चार थोपा कागतीको रस मिसाएर राति सुत्ने बेला फेसप्याकका रूपमा लगाउने । २० मिनेटपछि पखाल्ने ।
नोट : उपरोक्त विधिमध्ये जुन सजिलो लाग्छ, त्यही विधि प्रयोग गर्न सकिन्छ ।