साप्ताहिक संवाददाता
कार्तिक २०, २०७५
भारतीय मिठाईको धाक संसारभरि नै छ । भारतमा विभिन्न ठाउँमा स्थानविशेषको परिचयसमेत बनाएका यस्ता मिठाईको आफ्नै किसिमको लोकप्रियता पनि छ । त्यही भारतमै संसारकै सबैभन्दा महँगो मिठाईसमेत तयार पारिइन्छ ।
अहिलेसम्म भारतमा बनाइएको सबैभन्दा महँगो मिठाई सुवर्ण मिठाई हो । यो मिठाई भारतको व्यापारिक राजधानी मुम्बईको थानेस्थित प्रशान्त कर्नर नामक मिठाई पसलमा बनाइन्छ । प्रतिकिलो ९ हजार भारतीय रुपैयाँ पर्ने यो मिठाई बनाउन अफ्गानिस्तानमा फलेको बदाम, ओमानमा फलेको पिस्ता तथा कास्मिरमा फलेको शुद्ध स्याफ्रोन प्रयोग गरिन्छ ।
यो मिठाईको आविष्कारक प्रशान्त सकपाल हुन् । सकपालको प्रशान्त कर्नरले अहिले बार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको मिठाई बिक्री गर्छ भने त्यहाँ हरेक दिन ३ सय जना कामदारले काम गर्छन् ।