साप्ताहिक संवाददाता
कार्तिक २८, २०७५
गायिका काब्य आचार्य नयाँ गीतका साथमा बजारमा आएकी छिन् । नेपाली शास्त्रीय संगीतकी विद्यार्थी काब्य लोक गीतका साथमा बजारमा आएकी हुन् । उनले गायक उद्धब घिमिरेसँग गाएको ‘हाम्रो माया’बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा उद्धबकै लय तथा शब्द सृजना रहेको छ ।
गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा रुद्र के.सी र अनु पराजुलीले अभिनय गरेका छन् । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन थउ घिमिरे र सम्पादन मिन रावलले गरेका छन् ।
हाम्रो मायाको म्यूजिक भिडियो :