मंसिर १ गते : मार्ग संक्रान्ति, विद्यार्थी दिवस
मंसिर ३ गते : हरिबोधिनी एकादशी, तुलसी विवाह
मंसिर ४ गते : ४ विश्व बालअधिकार दिवस
मेष
अध्ययनका निम्ति देखिएको दोधारे प्रवृत्ति स्वत: निष्क्रिय हुनेछ । यात्राको अवसरसँगै चुनौती सामना गर्नुपर्ने हुन सक्छ । पारिवारिक वातावरण खलबल्याउन नातेदारहरू पिछा लागेको अवस्था छ । व्यक्तिगत छविसमेत ओझेलमा पर्न सक्छ, सचेत रहनुहोला । मंगलबारपछिका दिनमा सहजता महसुस हुनेछ ।
वृष
विवाहको प्रस्ताव आइलाग्न सक्छ, अभिभावकको सुझावमुताविक निर्णय लिँदा आफ्नो कल्याण हुनेछ । तपार्इंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । स्वरोजगारीका लागि दौडधूप गर्नुपर्ने हुन सक्छ । कर्मचारीहरूलाई अन्य नयाँ अवसर प्राप्त हुने सम्भावना छ ।
मिथुन
जालझेल गरी आफूलाई प्रभावित तुल्याउने प्रयास हुनेछ, सचेत रहनुहोला । करियर बनाउन मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । साताको अन्त्यमा खानपानको फेरबदलका कारण स्वास्थ्य प्रतिकूल हुन सक्छ ।
कर्कट
पुख्र्यौली धन लगानी गरी प्रारम्भ गरिएको व्यवसाय मौलाउने स्थिति छ । अरूको काममा बढी समय खर्चिनुपर्ला, जस नपाइन सक्छ । आफूसँग रुष्ट भै काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । सेतो रंंग तथा पश्चिमतर्फको यात्राले प्रफुल्लित तुल्याउनेछ ।
सिंह
सामाजिक मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्याउनुहोला । जुक्ति–बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । सोमबार तथा मंगलबार आफन्तहरूसँग मनमुटाव हुन सक्छ । आर्थिक पक्ष सबल हँुदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । मन पराएको बहाना गर्नेहरूले झुक्याउन सक्छन्, समयमै सचेत हुनुहोला ।
कन्या
नयाँ सवारी साधन खरिद गर्ने वातावरण केही समय पछाडि धकेलिन सक्छ । भावी योजना तर्जुमा गर्न समय खर्चिनुपर्ने अवस्था छ । धन प्राप्तिका निम्ति पेसा, व्यवसाय वा स्थान परिवर्तन हुन सक्छ । साताको अन्त्यमा परिवारका सदस्यहरूसँगै मांगलिक कार्यमा उपस्थिति भइनेछ ।
तुला
रोजगारीका लागि विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । प्रेमिकाको सहयोगमा अनपेक्षित धन आर्जन हुनेछ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्याउन सक्छ । गणेश भगवान्को आराधना गर्दा विध्नहरू समाप्त हुनेछन् । राति अबेरसम्म यात्रा गर्दा होसियारी अपनाउनुहोला ।
वृश्चिक
कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्न सक्छन् । आकस्मिक निमन्त्रणका क्रममा मिष्ठान्न भोजन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । ब्रह्ममूहुर्तमा भगवान्को स्मरण एवं योग ध्यान गरे मानसिक तनाव कम होला । सुनौलो रंगको पहिरनले ठूलो उपलब्धि हात पार्न सहयोग पुर्याउनेछ ।
धनु
योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न ढिलासुस्ती हुनेछ । भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च होला । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्नेछ । साताको अन्त्यमा परोपकारी कार्यमा संलग्न भइनेछ ।
मकर
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । साताको अन्त्यमा पूर्वतर्फको यात्रा गर्न सके फलिफाप हुनेछ । अभिभावकले स–साना त्रुटि औल्याउँदा मन खिन्न होला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा निराशाले सताउनेछ । स्वास्थ्यको समेत हेक्का राख्नुपर्नेछ ।
कुम्भ
क्षमता प्रदर्शन गर्ने क्रममा उचित स्थान प्राप्त गर्दै पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । वैदेशिक रोजगारी एवं भ्रमणका क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्याउनेछ । साताको अन्त्यमा मन पराउनेहरूले प्रेम प्रस्ताव राख्न सक्छन् ।
मीन
विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ गर्न सकिनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । बाहिरी खानपान तथा मनोरञ्जनका क्रममा समयको ख्याल गर्नुपर्नेछ । साताको अन्त्यमा भौतिक साधन खरिद गर्ने अवसर जुट्न सक्छ ।