साप्ताहिक संवाददाता
मंसिर २, २०७५
भारतको नयाँ दिल्लीमा संचालन हुने पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता मिष्टर युनिभर्सनल एम्बेसडर २०१८ मा नेपालको तर्फबाट सुशन महर्जन सहभागी भएका छन् ।
काठमाडौं निवासी २१ वर्षिय सुशनले उक्त प्रतियोगीतामा विश्वका अन्य २४ युवाहरुसँग प्रतिस्पर्धा गर्नेछ्न् । चौथौं संस्करणको मिष्टर युनिभर्सनल एम्बसडर प्रतियोगीताको ग्राण्ड फाइनल यही नोभेम्बर २४ मा भारतको नयाँ दिल्लीमा संम्पन्न हुनेछ ।
एक्सपोज नेपाल डटकमको आयोजनामा संचालन भएको मिष्टर नेपाल २०१८ मा मिष्टर नेपाल युनिभर्सल एम्बेसडरका रुपमा चयन भएपछि सुशनले मिष्टर युनिभर्सल एम्बसेडर २०१८ मा नेपालको तर्फबाट सहभागीता जनाउने अवसर प्राप्त गरेका हुन् ।