साप्ताहिक संवाददाता
लन्डनमा बसेर घरजग्गामा लगानी गर्दै आएकी रोक्सी सेकिसलाई अहिले उनको खुट्टाले मालामाल बनाइरहेको छ । ३३ वर्षीया रोक्सीका खुट्टा यति राम्रा छन् कि उनले लगाएको जुत्ता र मोजा किन्न उनका फलोअर्सहरूले प्रतीक्षा नै गर्नुपर्ने हुन्छ । रोक्सीले कसैले आफ्ना खुट्टा धेरै आकर्षक भएको बताएपछि उक्त कुरा साँचो हो कि होइन भनेर विभिन्न पोजिसनमा खिचिएका आफ्ना खुट्टाका तस्बिर इन्स्टाग्राममा अपलोड गरिन् ।
खुट्टाको फोटो मात्र अपलोड गर्दा उनले राम्रै प्रतिक्रिया पाइन् भने एक महिनामै १० हजार फलोअर्स नाघे । सोही क्रममा उनले आफूले एकदिन लगाएको मोजालाई ३ हजार रुपैंयाँ तथा २ महिना लगाएको जुत्तालाई ३० हजार रुपैंयाँमा बिक्रीमा राखिन् । उनको यो प्रस्ताव केही बेरमै सकार भयो । लिलामीमार्फत भएको आम्दानी देखेर उनी आफैं छक्क परिन् । उनले कुनै महिना प्रयोग गरेको जुत्ता र मोजा मात्र बिक्री गरेर १२ लाख रुपैयाँ कमाइन् ।
आफ्ना खुट्टा हेरेर कामोत्तेजक हुनेहरूको संख्या बढेपछि अहिले रोक्सीको आम्दानीसमेत बढ्दै गएको छ । रोक्सीले आफ्नो अलग्गै वेबसाइटसमेत खोलेकी छिन् । त्यसमा उनको खुट्टा हल्लाएका भिडियो १५ हजार रुपैंयाँमा बिक्री हुने गरेका छन् । करिब ४ वर्षदेखि आफ्नो खुट्टाको सौन्दर्यमा पुरुषहरूलाई लट्ठ बनाउँदै आएकी रोक्सीले अहिलेसम्म यसैबाट १ करोड ५० लाख रुपैयाँ आम्दानी गरिसकेको बताइन्छ ।