साप्ताहिक संवाददाता
ऋचा शर्मा, अभिनेत्री
घुम्ने ठाउँ
जाडो होस् या गर्मी, मलाई घुम्न मन पर्ने ठाउँ भनेको पोखरा हो । त्यहाँ गएर ड्राइभिङ गर्न एकदमै रमाइलो लाग्छ । पोखरामा आफूलाई आवश्यक सबै सामान पाइन्छन् । त्यसका साथै फेवातालको मनोरम दृश्य त छँदै छ । त्यसैले यसपालिको जाडोमा पनि पोखरा घुम्न जाने सोचमा छु ।
खानपिन
जाडोयाममा यो, गर्मीयाममा त्यो खाने भन्ने छैन । आफूलाई मन लागेका खानेकुरा सधैं खाइरहेकी हुन्छु । यद्यपि जाडोयाममा थाई फुड ट्योमयोम विशेष मन पर्छ । त्यसका साथै झोल म:म पनि मेरो फेभरेट हो ।
कपडा
मलाई जिन्सका पहिरन नै मन पर्छन् । जाडो मौसममा विशेष गरी जिन्सको सर्ट तथा लङ कोट लगाउँछु ।
लोसन
जाडो मौसममा छाला सुख्खा हुने भएकाले लोसनचाहिँ प्रयोग गर्छु, तर त्यस्तो खासै कुनै ब्रान्ड छैन ।
ड्रिंक्स
मलाई हट लेमन एकदमै मनपर्छ । म अल्कोहल सेवन गर्दिनँ ।
एसेसरिज
जाडो मौसममा म कुनै स्पेसल एसेसरिज प्रयोग गर्दिनँ ।