बनारसी साडी नेपाल तथा भारतमा प्रख्यात छ तर त्यही साडी बनाउन कन्डम प्रयोग हुन्छ भन्दा पत्याउन गाह्रो पर्छ । सिल्कबाट बन्ने बनारसी साडीमा कन्डम पनि प्रयोग हुने एक सर्वेक्षणले देखाएको छ । भारतमा नि:शुल्क वितरण हुने कन्डमको खपत बढेपछि त्यसको प्रयोग र असरका सम्बन्धमा गरिएको सर्वेक्षणमा त्यस्तो खुलासा भएको हो । सर्वेक्षणका क्रममा एउटा बनारसी साडीमा १४ वटा कन्डम प्रयोग भएको पाइएको थियो । बनारसी सारी बनाउने क्रममा कन्डमलाई बीचमा काटेर चर्खामा राख्दा सारी बुन्न मद्दत पुग्ने बताइन्छ ।
कन्डम उत्पादन भएको मितिले ४ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
एक अन्तर्राष्ट्रिय अध्ययनअनुसार विद्यालयमा अध्ययन गर्ने ३९ प्रतिशत विद्यार्थी कन्डम कसरी प्रयोग गर्ने भन्ने कुरा जान्दछन् ।
महिलाहरू सुरक्षित यौनसम्पर्कमा बढी आनन्द मान्छन् । त्यही भएर विश्व बजारमा ५० प्रतिशतभन्दा बढी कन्डम महिलाले किनेको पाइएको छ ।
कन्डमलाई ‘कोल्ड बार’ जित्ने एउटा माध्यम बनाइएको थियो । अमेरिकाको जासुसी संस्था सीआईएले तत्कालीन सोभियत युनियन टुक्र्याउन पनि कन्डमलाई समेत माध्यम बनाएको थियो । सोभियत महिलाहरूलाई अमेरिकाका पुरुषहरू प्रभावशाली छन् भन्ने कुरा देखाउन यो उपाय अपनाइएको आरोप अमेरिकामाथि लाग्ने गरेको छ ।
कुनै एक समय थियो, स्वीडेनलाई ‘कन्डम एम्बुलेन्स’ को देश भनिन्थ्यो । त्यतिबेला स्वीडेनमा कन्डमको आवश्यकता परे कन्डम एम्बुलेन्सलाई फोन गरे तत्काल उपलब्ध हुन्थ्यो ।
स्वीडेनले पनि आफूलाई पहिलो कन्डम प्रयोग गर्ने देशका रूपमा दाबी गर्दै आएको छ ।
केही दशकअघिसम्म पनि अमेरिकामा कन्डम प्रयोग गर्न चिकित्सकको पुर्जी आवश्यक हुन्थ्यो ।
रूसमा भएको ओलम्पिकका क्रममा खेलाडीहरूलाई १ लाख कन्डम बाँडिएको थियो ।
कन्डम सुरुमा वनस्पतिको दूधबाट बनाइन्थ्यो, पछि त्यसका लागि जनावरको आन्द्रा प्रयोग गर्न थालियो भने बिस्तारै कपडा सिल्क तथा छाला पनि प्रयोग गरियो ।
सोह्रौं शताब्दीमा जनावरको आन्द्राबाट कन्डम निर्माण गरिन्थ्यो जुन महँगो पनि थियो ।
केही महँगा कन्डम
ड्युरेक्स एक्ट्रा सेफ : ३ वटाको प्याक २ दशमलव ९९ युरो
स्केनी : १० वटाको प्याक ८ दशमलव ४९ युरो
लिलो हेक्स : ६ वटाको प्याक ११ दशमलव ३९ युरो
बुट्स ओन थिन टच : ३ वटाको प्याक २ दशमलव २९ युरो
ड्युरेक्स इनभिजिवल एक्स्ट्रा थिन : ६ वटाको प्याक ९ दशमलव ९९ युरो
ट्रोजन : १० वटा प्याके ११ दशमलव ९९ युरो